‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन

काठमाडौँ, भदौ १६ । भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । लामो समयदेखि जण्डिस रोगबाट पीडित उनको निधन भारतीय समयानुसार शनिबार बिहान सवा तीन बजे भएको हो ।

दिल्लीको शाहदरास्थित कृष्णानगरमा उनको निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

‘क्रान्तिकारी सन्त’ भनेर चिनीने उनले लामो समयदेखि औषधिको असर देखिन छाडेपछि थप उपचार गर्न इन्कार गरेका थिए । त्यसपछि उनको इच्छाअनुसार नै कृष्णानगरमा लगिएको थियो ।

गृहस्थ जीवन त्यागेर छत्तिसगढमा दीक्षा लिन गएका जैन मुनि तरुण सागर मध्य प्रदेशका हुन् । उनको जन्म २६ जून १९६७ मा दमोहमा भएको थियो । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्याग गरेका हुन् ।

उनले दिने कडा प्रवचनका कारण उनलाई ‘क्रान्तिकारी सन्त’ भनिन्थ्यो । ‘कडवे प्रवचन’ नामक उनको पुस्तक निकै प्रचलित छ । समाजका

विभिन्नवर्गलाई एकजुट गराउन भूमिका खेलेका उनले जनसंख्या नियन्त्रण गर्न पनि सुझाव दिने गर्दथे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *