राहुल गान्धी किन मोडिए ल्हासा?

“काठमाडौँ, भदौ १६ । शुुक्रबार दिउँसो काठमाडौँ आइपुगेका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शनिबार नेपालगन्ज जाने कार्यक्रम रहेको थियो । प्रहरीले त्यही अनुसार सुरक्षा व्यवस्था मिलाइसकेको थियो ।

यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने सूचना पाएको प्रहरीले शनिबार फेरि अर्को सूूचना पायो, गान्धी नेपालगन्ज नजाने भए । उनले अकस्मात ल्हासा हुँदै मानसरोवर यात्रामा जाने निर्णय लिए ।

सुरुमा राहुलले यति एयरलाइन्सबाट नेपालगञ्ज जाने टिकट क्यान्सिल गरेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

यति एयरलाइन्सबाट जाने योजना स्थगित गरेको थाहा पाएपछि अन्य एयरलाइन्सको टिकट सूची खोजेर पत्ता लगाइएको थियो । नेपालका विभिन्न एयरलाइन्सको टिकटको सूची हरेपछि पनि पत्ता नलागेपछि चीनतर्फ उड्ने जहाजहरुको सूची खोजी भएको थियो ।

त्यसपछि एयर चाइनाबाट ल्हासा जाने टिकट लिएको पत्ता लागेको हो । दुईजना सुरक्षा अधिकृत सहित उनी ल्हासा पुगेर मात्रै मानसरोवर जाने तयारीमा छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =