कस्ताे हाेला ऋषि पत्नी एलिजाकाे अनुराग (ट्रेलर रिलिज)
२०७४ जेठ १५ गते

“
काठमाडाैं, भाद्र १५ । सञ्चारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गाैतमकाे डेब्यू फिल्म फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ।
म्युजिकल लभ स्टोरी जनरामा निमार्ण भएको फिल्मको ट्रेलरमा अभिनेत्री एलिजा गौतम र नव अभिनेता समुन्द्रराज पण्डितको प्रेमभाव र संगीत मोहलाई प्राथमिकताका साथ राखिएकाे छ ।
सत्यराज चौलागाँईको निर्देशन रहेको ‘अनुराग’मा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय छ। ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्मलाई गीता भेटवालले निमार्ण गरेका छन्।
किरण दाहालको कथा लेखन रहेको फिल्म ‘अनुराग’मा निर्देशक चौंलागाँई र आगत केसीको पटकथा एवम् संवाद रहेको छ।
फिल्म आउँदो असोज १२ गतेदेखि प्रदर्शनमा आउने छ।
हेर्नुहाेस् ट्रेलर
https://www.youtube.com/watch?time_continue=8&v=dPkHgjLHXz8″
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








