गाउँपालिकाद्धारा वडा अध्यक्षलाई मोटरसाईकल वितरण, स्थानीयको चौतर्फी विरोध

सिन्धुपाल्चोक, साउन ११ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्र्तगत सबै वडाका वडा अध्यक्षहरुलाई मोटरसाईकल वितरण गरिएको छ । गाउँपालिकाको बैठकले नै निर्णय गरेर मोटरसाईकल वितरण गरिएको बताइएको छ । सिन्धुपाल्चोक जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाले मात्रै वडा अध्यक्षहरुलाई सुविधाको लागि भन्दै मोटर साईकल वितरण गरेको गाउँपालिका श्रोतले जनाएको छ । गाउँपालिकामा यस अघि ४ वटा मोटरसाईकल रहेको र हाल ३ वटा मोटरसाईकल खरीद गरी सातवटै वडाका अध्यक्षलाई मोटरसाईकल उपलव्ध गराईएको गाउँपालिका श्रोतले जनाएको छ ।

यस अघि पनि साविकका गाविस सचिवहरुलाई सुविधा र जनताको काममा सहजता आउने भन्दै जिल्लाका सबै गाविसहरुले मोटरसाईकल गरिद गरेका थिए । नीतिगत रुपमा निर्णय हुनु अघि नै गाउँपालिकाले प्रमुख र उपप्रमुखलाई गाडीको व्यवस्था गरेपछि गाउँपालिकाका स्थानीय र सरोकारवालाहरुले भने विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *