पशुपतिको धर्मशालामा प्रधानमन्त्री ओली र मोदी


“
काठमाडौँ, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार (आज) तिलगंगास्थित पशुपति धर्मशालाको संयुक्त उद्घाटन गर्दैछन्।
भारत सरकारको करिब २२ करोड रुपैयाँको सहयोगमा बनेको धर्मशालाको उद्घाटन गरेर भारतीय प्रधानमन्त्री मोदी त्यतैबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
८८ ओटा कोठाहरु निर्माण गरिएको उक्त धर्मशालाको उद्घाटन ओली र मोदीले संयुक्त रुपमा बेलुकी साढे ५ बजे गर्ने कार्यक्रम तय भएको छ । करिब पाँच रोपनी जग्गामा सो भवन निर्माण भएको हो ।
उद्घाटनका लागि धर्मशाला पुग्ने दुवै देशका प्रधानमन्त्रीलाई त्यहीँको कोठामा केही समय आराम गर्ने व्यवस्था मिलाइएको छ। प्रम ओली १०४ नम्बरको कोठामा बस्नेछन् भने मोदीलाई १०६ नम्बरको कोठा मिलाइएको छ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए ।
“
