स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना, भारतका मोदी र म्यानमारका मिन्ट पनि आजै फर्कने 

काठमाडौँ, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाहरुको स्वदेश फर्कने क्रम शुरु भएको छ ।

बिमस्टेकका लागि नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किएकी छन् ।

सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए ।

 म्यानमारका यिन मिन्ट ४ बजे र भारतका नरेन्द्र मोदी साँझ ६ बजे फर्किने तालिका भएको विमानस्थलको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =