रोनाल्डो र सलाहलाई पछि पार्दै लुका मड्रिक बने सर्वोत्कृष्ट खेलाडी


“एजेन्सी, भदौ १५ । क्रिस्टियानो रोनाल्डो र महोमद सलाहलाई पछि पार्दै लुका मड्रिक यूरोपका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर मलिडकले पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड रोनाल्डो र लिभरपुलका फरवार्ड सलाहलाई पछाडी पारेका हुन् ।
रियलले लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले क्रोएसियालाई विश्वकपको फाइनलमा पुराएका थिए । उनले विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारेका थिए ।
खेलाडी चुन्ने क्रममा मतदान हुँदा मोड्रीचले ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै उपाधि जितेका हुन् ।
रोनाल्डोले रियलका लागि गत सिजन ४४ खेलमा ४४ गोल गरेका थिए । लिभरपुलमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका सलाहले १ सय ३४ अंक हासिल गरे ।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ ।”
