बुधबार एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल कार्यक्रम

काठमाडौँ, भाद्र १४ । नेपाली एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले एयरलाइन्स कम्पनी र नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले संयुक्त कार्यदल बनाएर अगाडि बढ्ने भएका छन् । हिजो बुधबार भएको छलफलमा एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले भोग्नुपरेका समस्या समाधनका लागि संयुक्त कार्यादल बनाएर अगाडि बढ्ने निर्णय भएको छ ।

संयुक्त कार्यदलले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, अध्यागमन विभाग, नागरिक उड्डयान प्राधिकरणलगायत सरोकारवाला संस्थासँग छलफल गर्ने निर्णय भएको प्रेसिन्डेन्ट ट्राभलका सञ्चालक भोला थापाले बताए ।

विमानस्थल अवतरण शुल्कमा छुट दिनुपर्ने, एयरलाइन्सले विदेशबाट तेल हालेर आउने भएकाले स्वदेशमै सस्तो दरमा तेल उपलब्ध गराउन पहल गर्नुुपर्ने लगायतका विषयमा समेत छलफल भएको थियो । नाट्टाका अध्यक्ष सिएन पाण्डेले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएको र त्यसबखत २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले एयरलाइन्सलाई सहजता गर्नुपर्ने बताए ।

नाट्टाका महासचिव रमेश थापाले एयरलाइन्सले विभिन्न समयमा टिकटमा निकाल्ने छुट तथा विभिन्न प्रदर्शनीबारे जानकारी नाट्टाको इ–बुलेटिनमार्फत प्रचारप्रसार गर्न एयरलाइन्सका प्रतिनिधिलाई आग्रह पनि गरे ।

यो वर्षबाट नाट्टाले ‘बुद्धिष्ट टुरिजम एक्पो’ आयोजना गर्न लागिएको भन्दै उक्त एक्पो सफल बनाउन एयरलाइन्स कम्पनीले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *