ओपो एफ–९ नेपाली बजारमा (के–के छन् त यसका विशेषता ?)

काठमाडौ, भाद्र १४। सुरुवातदेखि नै निकै लोकप्रियता कमाइसकेको ओपो एफ नाइन नेपाली बजारमा आएको छ । ५ मिनेटको चार्ज, २ घण्टा टक टाइम ओपो एफनाइनको प्रमुख विशेषता हो । ओपोले आफ्नो लोकप्रीय एफ सिरिज अन्तर्गत नयाँ ओपो एफनाइन बुधवार आयोजित एक भव्य कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।

उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन रहेको यो फोन सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । फोनको विक्री आजबाट सुरु गरिएको छ । मध्य सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत उपभोक्ताले खरिद गर्न सक्छन् भने स्टारी पर्पलका लागि भने उपभोक्ताले केही समय थप कुर्नु पर्नेछ ।

यसमा ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८५ स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री रहेको छ ।

लो भोल्टेज चार्जिङ
अहिले मानिसहरु निकै व्यस्त हुन थालेका छन् । त्यही व्यस्ततालाई मध्यनजर गर्दै ओपो एफनाइनमा भोक फ्ल्यास चार्जको व्यवस्था गरिएको छ ।
ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधि उपयोग गर्ने यस प्रविधिले साधारण ५भी/१ए साधारण चार्जिङका तुलनामा चार गुणा तिब्र चार्जिङ गति क्षमता छ । समयको सदुपयोग गर्न तथा हतार हुँदा ५ मिनेट चार्ज गरी २ घण्टाको समय उपयोग गर्न सकिन्छ ।

चार गुणा तिब्र गतिको चार्जिङ क्षमताका साथै भोकमा एडेप्टरदेखि पोर्ट हुँदै फोनसम्म पुग्नु अगाडी ५ तहको सुरक्षा प्रणाली पनि फोनमा जडान गरिएको छ । भोक प्रयोग गर्दा चार्ज गरेर प्रयोग गर्दा कुनै पनि असर गर्दैन । यो सुविधा हाई भोल्टेज फास्ट चार्जमा उपल्बध छैन ।

एफ नाइनको व्याट्रीमा ३५०० एमएएच र अप्टिमाइज्ड एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्था गरिएको छ ।
‘मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हुनेमा आशावादी रहेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए । आकर्षक डिजाइनमा उपलब्ध गरिएको फोन मार्फत विगतमाझैँ उपभोक्ताको निरन्तर माया र सहयोग प्राप्त हुने कम्पनीले विश्वास राखेको छ ।

फोटोग्राफी र सेल्फी एक्स्पर्टबाट पोर्टेट आर्टिष्टको सुविधा

ओपोको सटिक फोटोग्राफी, एफनाइनमा अझ परिस्कृत गरी बजारमा ल्याइएको छ । नयाँ फोनको माध्यमबाट आफ्नो विशेषतालाई सेल्फी एकस्पर्टबाट थप विस्तारित गर्दै अब पोटे«ट फोटोग्राफीमा पनि थप सुविधा गरेको छ ।

यसका लागि ओपोले एफसिरिजमा पहिलो पटक डुअल रियर क्यामेरा (६एमपी २एमपी) को प्रयोग गरेको छ । फोटो धमिलो देखिने समस्याको समाधानका लागि ओपोले एफनाइनको प्रमुख क्यामेराका रुपमा एफ १.८ एपर्चर लेन्स सहित १६ एमपीको क्यामेरा उपलब्ध गराएको छ । ।

पोट्रेट मोडले डेफ्ट सूचनाकै आधारमा प्रकाश थप्ने, एआई ब्यूटीफिकेशन लागु गरी उत्कृष्ट पोट्रेट लाइटनिङ स्टाइल प्रदान गर्नेछ ।

प्रयोगकर्ताले यसमा रहेका फिल्म लाइट, प्राकृतिक लाइट र रिम लाइटको प्रयोग गरी अदृतिय फोटोग्राफी अनुभव लिन सक्छन् । यसमा रहेको एआई सिन रिकग्निसनले १६ ईन्डिपेन्डेन्ट र ८ सय संयुक्त सिनको पहिचान गर्ने क्षमता राख्छ ।
ओपो एफनाइनमा रहेको २५ मेगापिक्सेल क्षमताको क्यामेराले हरेक विषयको २९६ फिचर पोइन्टहरु सटिक रुपमा संकलन गरी

कम्पनीले यसको बजारमूल्य ४१ हजार ५ सय तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =