जिल्ला संघसंस्था समन्वय समितिको सदस्यमा सन्तोष वि.क. मनोनित

धरान, भाद्र १४ । नेपाल तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष वि.क. नेपाल रेडक्रस सोसाइटी सुनसरीको जिल्ला संघ संस्था समन्वय समितिको सदस्यमा मनोनित भएका छन् ।

गएको साता रेडक्रस सुनसरीले वि.क.लाई जिल्ला संघसंस्था समन्वय समितिको सदस्यमा मनोनित गरेको हो । युवाहरुलाई संगठित गरी सामाजिक कार्यमा लाग्न अभिप्रेरित गर्दै आएका विकको सामाजिक मानविय कार्य देखेर संघसंस्था समन्वय समितिमा राखिएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले बताए ।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका वि.क.ले रेडक्रसमा आबद्ध भएपछि आफुलाई समाजसेवा र युवा नेतृत्व प्रति कार्य गर्न अझ प्रेरणा मिलेको बताए ।

उनले रेडक्रसको मुल्य मान्यतामा अडिग रहेर काम गर्ने बताए । करिब सात वर्ष बैदेशिक रोजगारीमा विताएर पाँच सात वर्षयता धरानमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेका विकले विभिन्न ब्यवसायबाट करिब दुई दर्जन युवाहरुलाई रोजगारी समेत प्रदान गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *