काठमाडौंमा आज भीभीआईपीका कारण यी सडक अवरुद्ध हुने
२०७४ जेठ १५ गते

“काठमाडौँ, भदौ १४ । बिम्स्टेक सम्मेलन २०१८ उद्घाटनको दिन आज विभिन्न ठाउँमा सडक अवरुद्ध हुने छन् ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडक करिब तीन घण्टा अवरुद्ध हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री बिहिबार नै आउने भएकाले बिहान ७ः४५ देखि सडक जाम भइसकेको छ । यो जाम कम्तीमा पनि १० बजे सम्म हुने र परिस्थितिवश लम्बिन पनि सक्नेछ ।
त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, सहिदगेट, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने छ।
बिम्स्टेक सम्मलेनको उद्घाटनपछि सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको राष्ट्रपति विद्यादेवी भण्डारीसँगशिष्टाचार भेट हुने कार्यक्रम रहेको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








