पश्चिम सेती बनाउन चिनियाँ कम्पनीद्वारा अस्विकार

काठमाडौँ भदौ १३ । क्षमता घटाएर पनि पश्चिम सेती जलविधुत आयोजना बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजले अस्विकार गरेको छ ।

बुधबार थ्री गर्जेजका प्रतिनिधिसँग नेपाली टोलीले गरेको वार्तामा लगानी बोर्डले परियोजनाको क्षमता घटाउने र अमेरिकी डलरमा पीपीए गर्ने प्रस्ताव गरेको थियो ।

लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले परियोजना कार्यान्वयन चरणमा लैजान आवश्यक काम अघि बढाउन आग्रह गरेका छन् ।

तर, थ्री गर्जेजले आयोजना बनाउन अस्वीकार गरेको छ । उसले प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव नभएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *