टाउको दुखिरहने समस्या छ ? के हो माइग्रेन ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय

काठमाडौँको धुलो, धुवाँ र प्रदुषणले विभिन्न किसिमका रोगहरु निम्त्याइरहेको हुन्छ । यहाँको वातावरण नै यस्तै छ, जसले हामीलाई निरोगी हुनबाट वञ्चित गराइरहेको छ । दैनिक जीवनमा प्रायः आइरहने शारिरीक समस्या मध्ये टाउको दुख्ने पनि एक हो ।

आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

यस्ता छन् माइग्रेनका लक्षण:

माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छ । तर धेरै जसो बिरामीमा देखिने लक्षण भनेको टाउकाको एक भागमा मात्र दुख्छ ।

–टाउकाको कहिले एकतिर त कहिले अर्कातिर दुख्छ ।
–कहिलेकाहीँ निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।
–वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश आदि सहन नसक्ने, हातखुट्टा दुख्ने आदि समस्या देखा पर्न सक्छ ।
–टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहापन देखा पर्ने, निन्द्रा लागेजस्तो हुने, लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुन्छ ।
–टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छ भने मन्द टाउको दुखाइ कायमै रहन्छ ।

माइग्रेनको समस्या भएकाहरुले ध्यान दिनुपर्ने कुराहरु

१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =