भीभीआइपीको सुरक्षामा प्रहरीको दुर्घटना (भिडियोसहित)

काठमाडौँ, भदौ १३ । कालिमाटीमा भीभीआइपीलाई पहरा दिन आएका प्रहरी दुर्घटनामा परेका छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरी हवल्दार दिनेश श्रेष्ठ सवार मोटसाइकल दुर्घटनामा परेको प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।

सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते भएका प्रहरी हवल्दार श्रेष्ठको प्रहरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भिडियो

https://youtu.be/m4pIUxUySzQ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *