एसिया कप क्रिकेट: नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य


“
काठमाडौँ, भदौ १३ । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग रोजेको नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।
नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनायो ।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले बलमा ८४ बलमा ८३ रन बनाएका हुन्। । यसै प्रतियोगिताबाट नेपाली टोलीमा पुनरागमन गरेका सागरले पहिलो उत्कृष्ट प्रदर्शन गरे ।
प्रतियोगितामा ओपनर ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएका थिए । खेलमा सुबास खकुरेल ४ रनमा पवेलियन फर्किएका थिए । पारस खड्का ८ रनमा आउट हुदाँ दिपेन्द्र सिंह ऐरीले मात्र ९ रन जोड्न सके । आरिफ शेख ३६, रोहितकुमार पौडेल शुन्य, सोमपाल कामी ५ रनमा आउट भए ।
प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै दुवै टोली उपाधि यात्रालाई सहज बनाउन चाहन्छन् । प्रतियोगिताको विजेता एसिया कपकालागि छनोट हुनेछ । बुधबारको पहिलो छनौट खेलमा नेपाल र ओमान दुवै देश जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।
नेपालले ओमानसँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ ।
ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो । जसमा नेपाल १०५ रनले विजयी भएको थियो । नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो ।
छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।
बुधबारको खेल जित्दै दुवै टिम एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
“
