यो वर्षको शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई मात्र

पोखरा, भाद्र १३ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको यस वर्षको शान्ति पत्रकारिता पुरस्कारका लागि पत्रकार राजबहादुर गुरुङ छनोट भएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा पुरस्कार प्रदानका लागि गठित छनोट समितिले गुरुङलाई सर्वसम्मत चयन गरेका हुन् ।

पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय २५ हजार ५५५ नगद, सम्मानपत्र प्रदान गरिने उक्त पुरस्कार यही भदौ २२ गते प्रदान गरिने नेपाल प्रेस युनियन कास्कीले जनाएको छ । पत्रकारितामा स्नातक गरेका गुरुङले २०५१ सालदेखि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा कार्य गर्दै आएका छन् ।

विभिन्न सङ्घ संस्थामा आवद्ध गुरुङ युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधान सम्पादक पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *