नेपालले गुमायो चौँथो विकेट, ९ रन बनाएर आउट भए दिपेन्द्र

काठमाडौँ, भदौ १३ । एसिया कप छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले चौथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई ९ रनमा गुमाएको हो ।

२३ औँ ओभरमा दिपेन्द्र सिंह ऐरी आउट भएका हुन् । उनले १६ बलमा मात्रै ९ रन बनाए ।

यसअघि नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४५, कप्तान पारस खड्कालाई ८ र सुवास खकुरेललाई ४ रनमा गुमाएको थियो ।

नेपालले ओमानसँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ ।

बुधबारको पहिलो छनौट खेलमा नेपाल र ओमान दुवै देश जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो ।

जसमा नेपाल १०५ रनले विजयी भएको थियो । नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो ।

छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

बुधबारको खेल जित्दै दुवै टिम एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =