कञ्चनपुरमा आज पनि राति ८ बजेदेखि कर्फ्यू

२०७४ जेठ १५ गते

“
कञ्चनपुर, भदौ १२ । कञ्चनपुरमा आज (मंगलबार) राति ८ बजेदेखि कर्फ्यू लगाइने भएको छ । भीमदत्त नगरपालिकाको वडा नं ४, ६ र १८ को तोकिएको क्षेत्रमा आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यूको अर्को आदेश जारी नभएसम्मका लागि पूर्ववत तोकिएकै क्षेत्रमा कर्फ्यू जारी रहने सूचना प्रकाशित गरी सर्वसाधारणलाई सूचित गरेको हो ।
यसअघि मंगलबार बिहान कर्फ्यू हटाइएको थियो । १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा शुक्रबारदेखि कर्फ्यू आदेश जारी गर्दै आइरहेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित