पुटिनका कडा आलोचक नाभाल्नीलाई जेल सजाय दिइने
मकालु खबर
२०७४ जेठ १५ गते
“
मस्को, भदौ ११ । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।
विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।
यसै वर्षको सुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।
उनकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक र्याली हुन लागेको अघिल्लो दिन उनलाई अदालतले यस्तो फैसला सुनाएको हो ।
टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक–पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताए ।
नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उनको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एजेन्सी“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित