उत्तर कोरियाको संका –अमेरिकाले आक्रमण गर्ने योजना बनाउँदैछ

एजेन्सी,भदौ १२ । उत्तर कोरियाले आफूमाथी अमेरिकाले गम्भीर षड्यन्त्र गरिरहेको आसंका गरेको छ । कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको कोरियाली आरोप छ ।

अमेरिकाले वार्तामा बस्ने र आपराधिक षड्यन्त्र गर्ने योजना बनाइरहेको र यो अमेरिकाको लागि ठूलो गल्ती हुुने चेतावनी दिएको छ ।
दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी सेनाले जापानसँग मिलेर सैन्य अभ्यास गरिरहेको समाचार प्रसारण गरेको थियो । यस्तै अमेरिकी विशेष युनिट फिलिपिन्स तर्फ लागेको पनि दक्षिण कोरियाली सञ्चार माध्यमको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पिायोको प्योङयाङ भ्रमण रद्द गरेको भोलिपल्टै उत्तर कोरियाका तर्फबाट कडा टिप्पणी आएको हो ।

उत्तर कोरियाले सिंगापुर सहमति अनुसार परमाणु निशस्त्रीकरणमा पर्याप्त काम नगरेको भन्दै उक्त भ्रमण रद्द गरिएको थियो । गत जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको सिंगापुर शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताएका थिए ।

तर त्यसपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको समाचारहरु सार्वजनिक भएका छन् । संयुक्त राष्ट्र संघको परमाणु एजेन्सीले पनि उत्तर कोरियालले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =