एउटै डोरीमा मृत भेटिए प्रेमी प्रेमिका

सिन्धुपाल्चाक, भदौ ११ । जिल्लाको मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् ।

मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ र जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

ठकुरी ७ महिनाअघि मात्र जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मानेभञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए ।
भदौ ७ गते गाउँबाट दुई युवक र दुई युवती हराएका थिए । केटीका आफन्तले प्रहरी कार्यालयमा उजुर गरेपछि खोजी गर्दा एक युवक र युवती पक्राउ परेका थिए ।

उनीहरुसँगै हराएका अरु दुई जना पदम र फुलमाया भने झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । आइतबार स्थानीयले मेलम्ची नगरपालिका–६ सिन्धुकोटको जंगलमा कटुसको रुखमा भुण्डिएको अवस्थामा दुवैलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *