भद्रपुरः झिलझिलेमा सडक दुर्घटना, एकको मृत्यु, चार गम्भीर घाइते
२०७४ जेठ १५ गते

“
भद्रपुर, भदौ ११ । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो । उपचारको क्रममा कार्कीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिँदा जिपमा सवार ४ जना घाइते भएका हुन् । उनीहरुलाई विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








