प्रकाण्डको पक्ष लिँदै बाबुरामले भने– ‘विप्लवलाई राजनीतिक व्यवहार गर्नुपर्छ’

काठमाडौँ, भदौ १० । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै डा. भट्टराईले प्रकाण्ड पक्राउमा आपत्ति जनाएका हुन् । विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

अदालतले छाड्न आदेश दिएपछि पनि पटकपटक प्रक्राउ गर्दा पञ्चायतकालको गन्ध आएको बताउँदै उनले भने– ‘उनीहरुले लिएको बोटोमा म सहमत छैन तर, उनीहरुले जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन ।’

बैठकमा उनले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

आजको बैठकमा विशेष समय लिएर उनले विधेयकमा गम्भीर छलफल नगरी पारित गर्दा कार्यान्वयनका बेला समस्या आउने गरेकाले आवश्यकताबमोजिम बहस हुनुपर्नेमा जोड दिए ।

संसद्मा दर्ता भएका विधेयकमा महिलालाई अर्धाङ्गिनी भन्ने भावका भाषाको प्रयोग गरिएको भनी आपत्ति जनाउँदै डा भट्टराईले नागरिकतामा बाबुको पहिचान हुनैपर्छ भन्ने प्रावधान पनि विभेदपूर्ण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *