काठमाडौँको नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, भदौ १० । काठमाडौँको राजधानीमै एक बालिका बलात्कृत भएकी छिन् । काठमाडौंस्थित नेपालटारमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

नेपालटारकै खाजा पसलमा कार्यरत १४ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई नियन्त्रणमा लिएको छ ।

बोहराले शनिबार साँझ मादक पदार्थ सेवन गरेपछि ती बालिकालाई बलात्कार गरेको प्रहरीको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *