प्रदेश सरकारद्वारा राष्ट्र बैंकमा तालाबन्दी !

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ १० । जनकपुरस्थित राष्ट्र बैंकको कार्यालयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले तालाबान्दी गरेका छन् ।
प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर रक्षा बन्धन तथा जनै पूर्णिमाका लागि दिएको बिदा अवज्ञा गरेको भन्दै प्रदेश २ का कानूनमन्त्रीले बैंकमा तालाबन्दी गरी साँचो नियन्त्रणमा लिएका हुन् ।
संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।
उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्नेदेखि लिएर कानुनी उपचार समेत खोज्ने बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित