१८ औँ एसियाडः प्रतियोगिताबाटै वञ्चित भए खेलाडी

काठमाडौँ, भदौ १० । दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् ।

इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् ।

नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् ।

यसअघि एशियाली खेलकूदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो । दुबैले एक/एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ ।

एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताए । यसअघि शनिबार सोमबहादुर कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =