दुहवीमा खेलकुद सामाग्री वितरण

२०७४ जेठ १५ गते

“
दुहवी, भदौ ८ । दुहवी नगरपालिकाको सहयोगमा ईस्र्टन बुलेट क्रिकेट क्लब दुहवीलाई ५० हजार बराबरको खेलकुद सामाग्री वितरण गरिएको छ ।
सो अवसरमा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आफू दुहवीको खेलकुद विकासमा नयाँ गति दिने जमर्काेमा लागेको र दुहवीलाई खेलकुदको नमूना बनाउन रंगशाला लगायतका पूर्वाधार विकासमा पूर्ण समर्थन जनाउने विश्वास दिलाए ।
कार्यक्रममा सहभागी खेलाडीहरुले क्रिकेट खेलको विकास र पूर्वाधार विकासमा दुहवी नगरपालिकाले चासो दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
फरक प्रसंगमा मेयर गच्छदारले दुहवी नगरपालिकामा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क रहेको जानकारी दिए ।
हरेक शिर्षकमा राखिएको करको दर वैज्ञानिक ढंगबाट रखिएको दावी गर्दै उनले आगामी दिनहरुमा पनि जनताको पक्षमा काम गर्ने बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित