नेपाल सुनचाँदी व्यवसायी सङ्घ झापाको अध्यक्षमा विश्वकर्मा

२०७४ जेठ १५ गते

“
भद्रपुर, भाद्र ८ । नेपाल सुनचाँदी व्यवसायी सङ्घ झापाको अध्यक्षमा राजु विश्वकर्मा निर्वाचित भएका छन् ।
व्यवसायी सङ्घको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनबाट निकटम प्रतिद्वन्दी गोपाल ल्वागुनलाई ३३ मतले हराउँदै विश्वकर्मा विजयी भएका हुन् । त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा राजुकुमार गुप्ता तथा उपाध्यक्षमा धीरेन विश्वकर्मा, टोलबहादुर सुनार, तुलसी विमली र रमेश पोर्तेल चयन भएका छन् ।
महासचिवमा राजन कालीकोटे, सचिव राजेशकुमार सोनी, सहसचिव वृहस्पति पाण्डे र कोषाध्यक्षमा विजय सराफ निर्विरोध चयन भएको निर्वाचन अधिकृत एकराज गिरीले जनाए । सङ्घमा आठ सदस्यसमेत निर्वाचित भएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित