राष्ट्रिय खेलाडीका जर्सीमा जीपीएस ट्रयाकर

काठमाडौं, भदौ ८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपको तयारीमा रहेका राष्ट्रिय खेलाडीहरुको जर्सीमा जीपीएस ट्रयाकर प्रयोग गरेको छ।

बंगलादेशमा सेप्टेम्बरमा हुने साफको तयारीमा रहेका नेपाली टोलीले शुक्रबार जीपीएस ट्रयाकर प्रयोग गरेर प्रशिक्षण गरेका हुन् । आधुनिक फुटबलमा धेरै अगाडीदेखि नै यसको प्रयोग हुँदै आएतापनि नेपाली फुटबल इतिहासमा भने पहिलोपटक यो प्रविधिको प्रयोग गरिएको हो ।

खेलाडीहरुको निगरानीका लागि एन्फाले राष्ट्रिय खेलाडीहरुको बन्द प्रशिक्षणका क्रममा शुक्रबारबाट उनीहरुको जर्सीमा जीपीएस ट्रयाकिङ प्रविधि जडान गरेको हो।

जीपीएस प्रविधिले यसले खेलाडीको सम्पूर्ण रेकर्ड राख्ने गर्छ । अभ्यासमा खेलाडीको रियाक्सन र स्पिडबारे जानकारी दिन्छ । यस प्रविधिले नेपाली फुटबलको विकासमा समेत विशेष योगदान दिन्छ ।

यस प्रविधिका माध्यमबाट खेलाडीहरुको प्रदर्शन, तथ्य तथ्यांक हेर्न पाइनुका साथै उनीहरुलाई सम्भावित चोटपटक बाट समेत जोगाउन मदत पुग्ने एन्फाले जनाएको छ।

थाइल्याण्डमा १० दिने प्रशिक्षण र एसियन गेम्सपछि नेपाली टोलीले बिहिबारबाट अभ्यास सुरु गरेका हुन् । साफको लागि २९ खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।

साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा सेप्टेम्बर ४ बाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसंग सेप्टेम्बर ८ खेल्नेछ ।

सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ुबीु मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =