भोटेकोशी पीडित बासिन्दा आन्दोलित


“
काठमाडौँ, भदौ ७ । माथिल्लो भोटेकोशी हाईड्रोपावरको ड्यामका कारण आफुहरु विस्तापित हुने अवस्था आएको भन्दै सिन्धुपाल्चोक बाह्रविसे दश किलोका बासिन्दाहरु आन्दोलित भएका छन् ।
उनीहरुले शुक्रबार काठमाडौ सोल्टीमोडस्थित भोटेकोशी पावर कम्पनी प्रालिको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।
माथिल्लो भोटेकोशी हाईड्रोपावर पीडित दश किलो सघर्ष समितिले भोटेकोशी हाईड्रोपावरको ड्यामका कारण आफ्नो घरमा क्षती पुगेको र भोटेकोशी गाउँपालिकाका धेरै बस्ती जोखिममा परेको भन्दै आन्दोलन गर्नु परेको जनाएको छ ।
आयोजना स्थलमा पटक–पटक आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै उनीहरुले काठमाडौंस्थित आयोजनाको कार्यालय अगाडि नै प्रदर्शन गरेका हुन् ।
आफूहरुको बस्ती जोगाइदिन र आवश्यक मुआब्जाको व्यवस्था गरिदिनुपर्ने संघर्ष सदस्य बिजय शेर्पाले बताए ।
४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाका कारण त्यस आपसपासका चाकु, १० किलो, झिर्पुलगायतका स्थानीय प्रभावित भएका छन् ।
“
