मुस्ताङ ट्रिपर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

रोल्पा, भाद्र ८ । मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयका विद्यार्थीहरुले मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा ज्यान गुमाएका रोल्पालीका परिवारलाई आर्थिक सहयोग पठाएका छन् ।

धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी मुस्ताङमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका रोल्पालीका परिवारलाई विद्यार्थीहरुले रकम जम्मा गरी रोल्पा पठाएका हुन् ।

विद्यार्थीले जम्मा गरेका सो रकम सुनछहरी गाउँपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रति मृतकको रु सात हजार ३९० का दरको हिसाबले रकम उपलब्ध गराईएको स्थानीयवासी हर्क घर्तीमगरले बताए ।

सडक निर्माणमा मजदुरी गर्न गएका थवाङ र सुनछहरी गाउँपालिकाका नौँ मजदुरको मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मत्यु थियो । आर्थिक अवस्था निकै कमजोर रहेका उनीहरूको मृत्युपछि परिवारका व्यक्तिलाई जीवन गुजारा गर्न निकै समस्या भएको थियो ।

विद्यार्थीले संकलन गरेको आर्थिक सहयोगले केहि समयका लागी समस्या समाधानमा सहयोग पुग्ने मृतकका परिवारले बताए । दुर्घटनामा एकै परिवारका तीनसहित नौँ जनाको मृत्यु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका अध्यक्ष नौलसिं पुन, सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनलगायतको सहभागिता रहेको सो कार्यक्रममा मृतकका परिवारलाई सम्झने मुस्ताङी विद्यार्थीप्रति रोल्पालीले आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *