संसद बैठक आज बस्दै, लैंङ्गिक हिंसा विरुद्धको संकल्प प्रस्ताव पेश हुने

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ८ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा लैंङ्गिक हिंसा विरुद्धको संकल्प प्रस्ताव पेश हुने भएको छ ।
प्रस्तावमा महिलामाथि देश व्यापी रुपमा भएको सवै प्रकारका हिंसा, शोषण, विभेद विरुद्ध जनप्रतिनिधिहरु एकातावद्ध भई अभियानकै रुपमा लाग्ने संकल्प गरिएको छ ।
त्यस्तै महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधिहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति एवं सामाजिक पुनस्र्थापनाको लागि यथोचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिने पनि उल्लेख गरिएको छ ।
संसदमा अरु विधेयक माथिपनि छलफल हुनेछ । बैठक आजबिहान ११ बजे बोलाइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित