मलेसियासँग श्रम सम्झौता हुँदै, कामदारले अतिरिक्त शुल्क तिर्नु नपर्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदाै ८ । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रम सम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ ।
अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश पाउने छैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायतका नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन ।
अतिरिक्त शुल्क लिने कम्पनी खारेज गर्दै नेपालले कामदार पठाउन रोकेपछि मलेसिया सरकारले चासो दिएको थियो । त्यसपछि दुई मुलुकबीच सहज रुपमा कामदार आदानप्रदान गर्न भइरहेको अनौपचारिक छलफल करिब निश्कर्षमा पुगेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








