कांग्रेसकाे पुनर्संरचना गर्न विधान मस्याैदा समिति बन्याे

काठमाडौं, ७ भदौ । पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा आज विधान संशोधन मस्यौदा समिति गठन गरेको हाे ।

पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नुपर्ने भनी केन्द्रीय समितिले निर्णय गरे अनुसार सभापति शेरबहादुर देउवाले मस्यौदा समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा रहेका छन् । समितिकाे अन्य सदस्यहरूमा दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना रहेका छन् । त्यस्तै नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक पनि समिति सदस्य रहेकाे पार्टीले जनाएकाे छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले पार्टी सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागू गर्ने छ । समितिका संयोजकलाई आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार पनि दिइएको पाैडेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *