वैैदेशिक रोजगारलाई व्यवस्थापन गर्न ‘व्यवस्थापन बोर्ड’

काठमाडौँ, भदौ ७ । वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न प्रवद्र्धन बोर्डको नाम परिवर्तन हुने भएको छ । यसअघि प्रवद्र्धन बोर्ड भएपनि अब संसोधन गरेर व्यवस्थापन बोर्ड बनाइने भएको छ ।

संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिमा श्रममन्त्री गोकर्ण विष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवद्र्धन गर्ने नभएर व्यवस्थापन गर्ने भएकाले बोर्डको नाम पनि परिवर्तन गर्न लागिएको बताएका हुन् ।

नाम फेरिएसँगै बोर्डको काम पनि फेरिने भएको छ । अब पीडितलाई आर्थिक सहायतामा समित बोर्डले व्यवस्थापनतर्फ पनि काम गर्ने भएको छ । बोर्डको काम र भूमिकालाई पनि थप प्रभावकारी बनाउने गरी संसोधन प्रस्ताब अगाडि बढाएको बताएका छन् ।

बोर्डले हाल वार्षिक १० हजार जनालाई सिप तालिम दिने र पीडितलाई आर्थिक सहायता दिने काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *