१८ औँ एसियाड: विकाश र नविनको जोडी पुरुष युगलको प्रिक्वाटरफाइनलमा


“
काठमाडौँ, भदौ ७ । इन्डोनेसियामा जारी १८ औँ एसियायाली खेलकुद एसियाडअन्तर्गत ब्याडमिन्टनको पुरुष युगल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार मंगोलियाको जोडीलाई सोझो सेटमा पराजित गर्दै पुरुष युगलतर्फ नेपालका विकाश श्रेष्ठ र नविन श्रेष्ठको जोडी ब्याडमिन्टनको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।
विकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन एनखबाट र तेमुलेन गोम्बुडोजको जोडीलाई राउण्ड अफ ३२ को खेलमा २१–१२, २१–७ ले पराजित गरी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
मिश्रित युगलमा रत्नजित तामाङ र नंशलदेवी तामाङको जोडी तथा जेसिका गुरुङ र दीपेश धामीको जोडी पहिलो चरणबाटै बाहिरियो।
अन्तिम ३२ को खेलमा तामाङ दिदिभाईको जोडी इन्डोनेसिया तथा गुरुङ र धामीको जोडी हङकङको जोडीसँग सोझो सेटमा पराजित भयो।
यसअघि महिला टिम इभेन्टमा पहिलो चरण अर्थात प्रिक्वाटरफाइनलबाटै नेपाल बाहिरिएको थियो भने पुरुष इभेन्टमा क्वाटरफाइनलसम्म पुगेको थियो।
नेपालले ब्याडमिन्टनमा अब पुरुष युगल,महिला युगल र पुरुष तथा महिला एकल स्पर्धामा खेल्ने छ। पुरुष युगलको अर्को खेलमा आजै रत्नजित तामाङ र दीपेश धामीको जोडीले पाकिस्तानको जोडीविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
“
