संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरिने
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ७ । संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।
बैठक दिउँसो ४ बजे बोलाइएको छ । यसअघि परिषदले दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्वीकृत गरेपछि फेरि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको छ ।
आज बस्ने परिषदको बैठकमा प्रधानमन्त्री ओलीले कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रस्ताव गर्ने तयारी छ । जोशीलाई अस्वीकृत गर्दा नै आपत्ति जनाएको कांग्रेसले उनकै नाम पठाउनुपर्ने तर्क गरिरहेको छ । बरिष्ठ न्यायाधीश जोशी अहिले विदामा छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








