द्वन्द्वका लागि रुसले सिरियामा पठायो ६३ हजार सेना

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदाै ७ । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो ।
मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव भएका व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको बताएका छन् । उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेको बताइएको छ ।
रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए ।
सन् २०११ देखि सुरु भएको सिरिया युद्वमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौं विस्थापित भएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित