३२ हजार पारिश्रमिक कायम गर्न ट्यांकर चालकको माग

काठमाडौ, भदौ ६ । पेट्रोलियम पदार्थका ट्यांकर चालकहरुले रु ३२ हजार पारिश्रमिक तोक्न माग गरेका छन् ।

ट्यांकर चालकहरु दक्ष दर्जाका चालक भएको भन्दै आफूहरुले भनेबमोजिम पारिश्रमिक तोक्न माग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेका हुन् । उनीहरुले आफ्नो मागलाई सम्बोधन गर्न बुधबार मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा सहचालकको तलव सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नघट्ने गरी उपलब्ध गराउनुपर्ने, भौगोलिक वनावट र जोखिमपूर्ण कार्यमा संलग्न चालकहरुले लोड गर्न जाँदा बाटोमा लाग्ने सम्पूर्ण खर्चबाहेक २५ सय नघट्ने गरी खाना खराक खर्च उपलब्ध गराउनु पर्ने मागलाई समेटिएको छ ।

आफ्नो १८ बुदे मागको सुनुवाई नभए यही भदौ १५ गतेबाट आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *