श्रम मन्त्रालयको प्रगती ८० प्रतिशत माथी

काठमाडौँ, भदौ ६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक वर्षको प्रगतीको समिक्षा गरेको छ । आर्थिक वर्ष ०७४ ०७५को वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा यसबारे समिक्षा भएको हो ।

बैठकमा मन्त्रालय, मातहतका विभाग, निकाय तथा परियोजनाको तर्फबाट वार्षिक प्रगति विवरण पेश गरिएको थियो । मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक तर्फ ८१ दशमलव ३१ प्रतिशत र वित्तिय तर्फ ८० दशमलव ८१ प्रतिशत प्रगति हासिल गरेको विवरण मन्त्रालयका सहसचिव प्रकाश दाहालले प्रस्तुत गरे ।

मन्त्रालय र मातहतका विभाग तथा निकायहरुले समस्या र समाधानका उपाय सहित वार्षिक प्रगति विवरण पेश गरिसकेपछि समितिका तर्फबाट सुझाव सहितको टिप्पणी गरेका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले परम्परागत साङ्लो भित्र रमाइरहँदा अहिले पनि सोचेजस्तो सुधार गर्न नसकेको बताए ।

सकारात्मक परिवर्तका लागि परम्परागत सोच कार्यशैली बदल्न आवश्यक रहेको भन्दै गत आर्थिक वर्षमा भएको प्रगति विवरण ८० प्रतिशत माथी देखिएपनि यो सन्तोष जनक नभएको बताए ।

चालु आर्थिक वर्षमो शतप्रतिशत परिणाम दिने उदेश्य रहेको भन्दै बजेटमा भएका काम शतप्रतिशत र त्यसबाहेक रचनात्मक, परिणाममुखी काम के गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान दिनसपर्ने बताएका छन् ।

‘अब मेरै उपस्थितीमा हरेक महिनाको कम्तिमा २ पल्ट समिक्षात्मक कार्यक्रम गरिनेछ, मन्त्रालय अन्तर्गत विभिन्न पदमा रहनुभएका साथीहरुको जिम्मेवारी अनुसारको कार्यसम्पादन भए नभएको विस्तृत समिक्षा हुनेछ’, मन्त्री विष्टले भने, ‘त्यसबाहेक सबै कर्मचारी साथीहरुले साताको एक पटक आफ्नै कामको समिक्षा गर्न जरुरी छ । सबै साथीहरु जवाफदेहि हुनेगरि उत्पादकत्व, क्षमता र परिणामको समिक्षा एवम मुल्यांकन गरिनेछ ।’

सात दिन भित्र सबै विभाग तथा निकायलाई कार्यसम्पादनका क्रममा देखिएका समस्याको गहन अध्ययन गरि समाधानका उपाय सहित विवरण पेश गर्न पनि निर्देशन दिएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल र प्रधानमन्त्री कार्यालयका प्रतिनिधीले भने श्रम मन्त्रालयको प्रगति विवरण समग्रमा ८० प्रतिशत माथि रहनुलाई सन्तोषजनक मान्नुपर्ने धारणा राखे । प्रधानमन्त्री र अहिलेको सरकारले श्रम मन्त्रालयबाट धेरै अपेक्षा राखेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सहित अन्य विषयमा समेत थप काम गर्न आवश्यक रहेको भनाई उनीहरुको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *