निर्मला हत्यामा नक्कली अभियुक्त खडा गरिएको आशंका

काठमाडौँ, भदौ ७ । कन्जनपुरकी १३ वर्षीय निर्मला श्रेष्ठको हत्यामा प्रहरीले नक्कली अभियुक्त खडा गरेको आशंका पिडीत परिवारले गरेको छ । निर्मलाको दाहसंस्कार गरिएको दुई दिनपछि यहाँ १० वर्षअघि जेलबाट छुटेको को छ भनी प्रहरी आएको परिवार स्रोतको दावी छ ।

प्रहरीले ९ वर्ष जेल परी छुटेको दिलिपलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि प्रहरीले वास्तविक अपराधिलाई लुकाएको निर्मलाका बुवा यज्ञराज पन्तले शंका व्यक्त गरे ।

उनले भने, ‘प्रहरीले कार्यालयमा हामीलाई बोलाएर १० वर्ष जेल परेर छुटेको कुलदिप भण्डारी नाम गरेको व्यक्तिका नाममा किटानी जाहेरी दिन दबाव दिएको थियो ।’

प्रहरीले छानबिन नै नगरी पहिले नै जेलमा परी छुटेका व्यक्तिलाई खोज्दै हिँडेपछि घटना झनै शंस्कास्पद हुँदै गएको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *