बाइक र फोर्स ठोक्किदा जुम्लाका वडाध्यक्ष शाही र इन्जिनियर घाइते

“
सुर्खेत, भदौ ६ । दैलेखमा मोटरसाइकल र फोर्स गाडी एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्।
आफ्नो साइड छोडेर विपरीत साइडमा गुडेको मोटरसाइकल र फोर्स गाडी ठोक्किदा जुम्ला हिमा गाउँपालिकाका वडा अध्यक्ष रजबहदाुर शाही र सोही गाउँपालिकाका इन्जिनियर ललित रावत घाइते भएका हुन् ।
सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत दैलेखको गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना भएको हो ।
दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फोर्स गाडी र सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल एकआपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।
अध्यक्ष शाहीको अवस्था सामान्य छ भने इन्जिनियर रावतको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाई छ । घाइते दुवै जनाको उपचारका लागि सुर्खेत पुर्याईएको छ भने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
“








