भक्तपुरका प्रशिद्ध दुई पोखरी, जहाँ कहिल्यै पानीको अभाव हुँदैन (फोटो फिचरसहित)

भक्तपुर, भदौ ६ । नेपालको सुन्दर नगरीका रुपमा परिचित भक्तपुरमा पुग्दा जो कोहीलाई पनि यहाँको कलाकौशलले लोभ्याउने गर्छ । यहाँका हरेक प्रकारका संरचना बनाउन विशेष खालका सिपको प्रयोग भएको प्रष्ट रुपमा देख्न सकिन्छ ।

यी सबै संरचना अहिलेको आधुनिक नभई मल्लकालीन समयमा बनाइएका हुन् । यहाँका हरेक मठमन्दिर, पोखरी, पाटीपौवा सबैमा वैज्ञानिक आधार पाइन्छ ।

यहाँका पोखरीहरुको निर्मााणका लागि विशेष सीपको प्रयोग भएको पाइन्छ । ती पोखरी कुन हुन् त ?

१) सिद्धपोखरी
यो पोखरी नेपालमा मात्र नभई विदेशमा समेत प्रख्यात छ । काठमाडौँ उपत्यकामा घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकहरु यस पोखरीको अवलोकन गर्न आइपुग्छन् ।

यसलाई इन्द्र दह पनि भन्ने गरिन्छ । यो पोखरीमा आश्विन कृष्ण द्वितियाका दिन भव्य मेला समेत लाग्ने गर्छ । यस पोखरीको निर्माण मल्लकालीन राजा यक्ष मल्लले १५ औं शताब्दीको सुरुवातमा बनाएका थिए । यो पोखरी १७१ मिटर लामो छ भने चौडाइ ७३ मिटर छ । त्यस्तै यसको गहिराई ३ मिटर अग्लो छ ।

यस मानवनिर्मित पोखरीको पानी नसुकोस भनी यसको वरिपरि चारैतिर वर पिपलको बोट लगाइएको छ । जसमा प्रशस्त वैज्ञानिक आधार पाइने गरिन्छ । वरपिपलको जराले वर्षातको पानीलाई सोसेर जम्मा गर्नमा मद्दत पुर्याउने गर्छ ।


२) कमल पोखरी
यो पोखरीको निर्माण पनि मल्लकालीन राजाको समयमा नै भएको पाइन्छ । इतिहासका आधारमा अध्ययन गर्दा यो पोखरी १६ औं शताब्दीको सुरुमा बनाइएको थियो । यो पोखरी पुरानो संरचनामा रहँदा पोखरीको बीचमा कमलका फुलहरु फुल्ने गर्दथे ।

सिद्धपोखरीजस्तै यो पोखरी पनि मानवनिर्मित हो । पोखरीमा पानी जमाउन यसको बीचमा ७ वटा इनारहरु रहेका छन् । पोखरीको पिँधमा कालीमाटिले पोतिएको पाइन्छ । जसले पानीलाई अन्यत्र जान नदिन समेत सघाउ पुर्याउने गर्छ ।

पोखरीमा कमलको फूल टिप्न जाँदा थुप्रै बालबालिकाको यहाँको इनारमा डुबेर समेत मृत्यु भएको यहाँका स्थानीय बताउँछन् । विशेष गरी यो पोखरी युवापुस्ताको आकर्षणको केन्द्र बन्न पुगको छ । सिद्धपोखरीमा जस्तै यस पोखरीको वरिपरि पनि वरपिपलका रुख छन् ।

                                              तस्बिर  : मीना घोरसाइने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *