धरानको ५ वटा वडामा पञ्जिकरण सेवा निःशुल्क

धरान, भाद्र ४ : गत स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको नेपाली कांग्रेसले जितेका वडाहरु १, २, ५, १४ र १८ मा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क हुने भएको छ ।

सोही वडाका पांचै जना वडाध्यक्षहरु रोशन अधिकारी, माधवगोविन्द श्रेष्ठ, सन्तोष लिम्वु, कृष्ण भट्टराई र प्रविन राईले संयुक्त हस्ताक्षर गरी वडावासीहरुलाई जानकारी गराएका हुन् ।

धरान उपमहानगरपालिकाले ऐन, कानुन विपरित र जनहीत विपरित चर्को कर वृद्धि गरेको भन्दै कांग्रेस वडा अध्यक्षहरुले साही सेवाहरु निःशूल्क गरेको हो । नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले वडाध्यक्षहरुले जनताको पक्षमा साहसका साथ ऐतिहासिक कार्य गरेको भन्दै पाँचै जना वडा अध्यक्षहरुलाई हार्दिक धन्यवाद तथा वडावासी जनताहरुलाई बधाई समेत दिएका छन् ।

उनले हरेक शिर्षकमा जथाभावी अव्यवहारिक र अवैज्ञानिक ढंगले वृद्धि गरेको कर फिर्ता नलिए नेपाली कांग्रेसले सशक्त विरोध गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *