ग्रेस इन्टरनेशनलले अष्ट्रेलियन शैक्षिक मेला गर्दै


“
काठमाडौं, भाद्र ४ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि बृहद अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
ग्रेस इन्टरनेशनलले यहि भाद्र १३ गते बुटवल १४ गते चितवन १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहद अष्ट्रेलियन शैक्षिक मेला गर्ने भएको हो ।
कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरु द्वारा करियर काउन्सेलिङ सँगै ABROAD STUDY का विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको हो ।
‘ग्रेस इन्टरनेशनलले गर्ने शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहद र फरक हुन्छ । हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा हुन्छ ।’ ग्रेसका म्यानेजिङ डाइरेक्टर एन्ड्रयु पौडेलले बताउनु भयाे ।
ग्रेस इन्टरनेशनलले यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउने भएको छ । विद्यार्थीलाई ABROAD STUDY का विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग गरिने कन्ट्री डाइरेक्टर पौडेलले बताउनु भयाे ।
शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।
शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् भने, IELTS मा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्नेछन् । यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्नेछन् ।
सन् २००६ मा स्थापना भएको ग्रेसले अष्ट्रेलिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ यसका लागि नेपालको काठमाडौं, चितवन, नेपालगञ्ज, पोखरा, बुटवलबाट सेवा प्रदान गर्दै आइरहेको छभने, अष्ट्रेलियाको सिड्नी र मेल्बर्नमा समेत शाखा रहेको छ ।
“
