सडकमा ‘नग्न’ प्रदर्शन गर्नेहरु नेपाल विरोधी हुन्– रामनारायण बिडारी

काठमाडौँ, भदौ ४ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले माइतीघर मण्डला र सडकमा नग्न तथा अर्धनग्न प्रदर्शन गर्नु अशोभनीय रहेको बताएका छन् ।

राष्ट्रियसभाको सोममबारको बैठकमा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यसरी अर्धनग्न प्रदर्शन गर्नु अशोभनीय रहेको बताएका हुन् ।

राष्ट्रियसभामा बोल्दै राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले नेपाली समाज विकृतितर्फ उन्मुख भइरहेको बताए । उनले संसारमा भएका विकृति माइतीघर मण्डलामा देखाउन थालिएकोमा आक्रोश व्यक्त गरे । सडकमा नग्न प्रदर्शन गर्नेहरु नेपाली नभइ नेपाल विरोधी भएको उनको आरोप छ ।

‘तिनिहरु नेपाली होइनन् । नेपाल बिरोधी हुन् । संविधानका विरोधी हुन्,’ उनले भने ।

राष्ट्रियसभामा सोमबार कानूनमन्त्री भानुभक्त ढकालले पेस गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथिको छलफलका क्रममा उनले माइतीघर मण्डला र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नभएको बताए ।

सोमबार नै विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत भएको छ । अब ७२ घण्टाभित्र राष्ट्रियसभा सदस्यहरुले विधेयकमाथी संशाधन दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *