पूर्व राजदूत झाको हत्या अनुसन्धानका लागि कुकुर परिचालन

“
काठमाडौँ, भदौ ४ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको अफ्नै निवासमा हत्या गरिएको अवस्थामा शव फेला फेला परेपछि प्रहरीले छानविन शुरु गरेको छ ।
झाको हत्या प्रकरण छानविनका लागि प्रहरीले कुकुर परिचालन गरेको छ । उनको शरीरमा चक्कुको चोट देखिएको र घर बाहिरबाट ताला लगाएको अवस्थामा उनको शव फेला परेका कारण हत्या गरेको देखिएको प्रहरीको अनुमान गरेको थियो ।
सोही अनुरुप अनुसन्धानका लागि प्रहरीले विशेष सुँघ्ने क्षमता भएको म्याक्स नामको कुकुर परिचालन गरेको हो ।
जर्मन सेफर्ड प्रजातिको म्याक्स सुँघेर अपराधी पत्ता लगाउने क्षमता राख्छ । प्रहरीले घटनास्थलमा अनुसन्धान गर्न दुई वटा कुकुर ल्याएको थियो तर एउटालाई भने रिजर्भमा राखिएको छ ।
पूर्व नेपाली राजदूत झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।
प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ । घरमा केही चोरी नभएको प्रहरीले जनाएको थियो ।
ओलम्पिया स्कूल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए। झाका छोरा बुहारी आयरल्याण्डमा छन्। उनीहरू शनिबारमात्र फर्किएका थिए। घरमा लामो समयदेखि सहयोगी र सुरक्षाका लागि सेतु तामाङ बस्दै आएका थिए।
“








