पूर्व राजदूत केशव झाको आफ्नै निवासमा हत्या

काठमाडौँ, भदौ ४ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको अफ्नै निवासमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बबरमहलस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । उनको शरीरमा चक्कुको चोट देखिएको प्रहरीले जनाएको छ । घर बाहिरबाट ताला लगाएको अवस्थामा उनको शव फेला परेका कारण हत्या गरेको देखिएको प्रहरीको अनुमान छ ।

पूर्व नेपाली राजदूत झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।

प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ । घरमा केही चोरी भएको छैन ।

ओलम्पिया स्कूल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए। झाका छोरा बुहारी आयरल्याण्डमा छन्। उनीहरू शनिबारमात्र फर्किएका थिए। घरमा लामो समयदेखि सहयोगी र सुरक्षाका लागि सेतु तामाङ बस्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =