अब कुखुरामा पनि कर !
“
काठमाडौँ, भदौ ४ । कुखुरा आयातमा पनि अब कर समावेश भएको छ । बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको हो ।
घरमा पालिएकालाई नभइ बाहिरबाट बिक्रि गर्न ल्याउनेलाई कर लगाइएको जनाइएको छ ।
हाटबजार लाग्दा व्यावसायिक रूपमा बिक्रीका लागि ल्याइने पन्छी तथा पशुमा पनि कर लिइने बेंसीसहर नगरपालिकाले जनाएको छ ।
आर्थिक ऐन २०७५ अनुसार खसी, बोकामा प्रतिगोटा २५ रुपैयाँ र राँगा, भैंसी तथा बंगुरमा प्रतिगोटा ५० रुपैयाँ कर तोकेको छ । नगरपालिकाले अधिकतम ३५ हजार रुपैयाँसम्म कर तोकेको जनाएको छ ।
एकीकृत सम्पत्ति करतर्फ ३ करोडदेखि ५ करोडसम्म सम्पत्ति हुनेका लागि ३५ हजार रुपैयाँ र ५ करोडमाथि सम्पत्ति हुनेका लागि प्रतिहजारमा २ रुपैयाँका दरले कर तोकेको हो ।
एकीकृत सम्पत्ति करमा सबैभन्दा कम १ लाखदेखि १० लाखसम्म सम्पत्ति हुनेका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।
“