उपाधिको दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध

“
काठमाडौँ, भदौ ४ । इंग्लिस प्रिमियर लिग अन्तर्गत उपाधिको दाबेदार मानिएको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले हार व्यहोरेको छ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटन एन्ड होभ अल्वियोनको घरेलु मैदान अवेमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ३–२ को हार व्यहोरेको हो । स्टार खेलाडी रहेको म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर मानिएको टिम ब्राइटनसँग ३–२ ले पराजित भएको हो ।
खेलमा घरेलु टोलीले २७ मिनेट भित्र नै दुई गोल गर्न सफल भएको थियो । सोली मार्चको पासमा ग्लेन मुरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पउल पोग्बाको कप्तानीमा रहेको युनाइटेडले पहिलो हाफमा तीन गोल खायो भने एक गोल मात्रै फर्काउन सक्यो । ब्राइटनका लागि २५ औँ मिनेटमा ग्लेन मुरेले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि शन डुफीले गोल गर्दै अग्रता दोब्बर पारे । ३४ औँ मिनेटमा रामेलु लुकाकुले युनाइटेडका लागि एक गोल फर्काए । ४४ औँ मिनेटमा ब्राइटनले पेनाल्टी पायो । त्यसको सदुपयोग गर्दै पास्कल ग्रोसले गोल गरे र टिमलाई ३–१ को अग्रता दिलाए ।
युनाइटेडले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको थियो । तर गोल भने गर्न निकै कठिन भयो । इन्जुरी समयको पाँचौँ मिनेटमा कप्तान पोग्बाले गोल गरे तर त्यो हार जोगाउनका लागि पर्याप्त भएन ।
“








